भाद्र २९ गते, २०८३ - १२ः१७
Follow us:

किन बढ्दै छ सेनामा आत्महत्या ?

धादिङ १९ जेठ ।

नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा प्रणाली, सञ्जालमार्फत गलत सम्पर्क, परिवारसँगको बिछोड, मनोरञ्जन केन्द्रको अभाव, फरकरविशिष्ट सेवाका रूपमा गौरव गर्ने क्षेत्र बनाउन नसक्नु र केही भेदभावजस्ता कमजोरी औंल्याइएको छ ।

निकै सुविधा दिइएको अमेरिका, बेलायत र छिमेकी भारतमा पनि यस्तो अवस्था छ ।  तर, त्यहाँ ठुल्ठूला लडाइँमै होमिन पर्ने भएकाले यस्तो अवस्था आए पनि नेपालमा सेनाले जोखिमपूर्ण काम गर्नुपरेको छैन । 

शान्ति सेनामा गएबाहेक मुलुकभित्र भने खासै खतरा सेनालाई देखिँदैन। तर पनि सेनामा त्यस्तो अवस्था आउन थालेपछि यसको भित्री अध्ययन गरेको हो। अध्ययनले देखाएको अवस्थाले सेनाको नेतृत्व चिन्तित  बनेको छ ।

छिमेकी र विकसित मुलुककोे दाँजोमा चिन्ताजनक स्थिति नभए पनि अहिले बढ्दै गएकाले सरकारसमक्ष सेनाले अध्ययन बुझाएको रक्षा उच्चस्रोतले बतायो । 

०४८ यता एक सय १९ सैनिकले आत्महत्या गरेकामा पछिल्लो समय बढ्न थालेपछि सेनामा चिन्ता बढेको हो । अन्नपूर्ण पोस्ट् दैनिकबाट

A soldier from One Platoon, The Prince of Wales’s Company, 1st Battalion Welsh Guards based at Patrol Base Argyll, Nad e Ali is pictured on returning from a patrol around the village of Zarghun Kalay, Afghanistan. Soldiers from The Prince of Wales’s Company, 1st Battalion Welsh Guards based at Patrol Base Argyll, Nad e Ali, patrol in Nad e Ali District Centre and the surrounding area.

प्रतिकृया लेख्नुहोस्: