धादिङ १७ जेठ । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार प्रहरी सँग एक दिन कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी र जनताबीच सम्बन्ध स्थापित गर्ने कार्यक्रम अन्तरगत उक्त कार्यक्रम सन्चालन गरीएको हो । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तरगत न्यु धादिङ बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई कार्यालयमै बोलाएर विभिन्न जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो । कक्षा ९ मा अध्ययनरत विधार्थी तथा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमा कार्यालयमा रहेको प्रहरी कन्ट्रोल, प्रशासन शाखा, विशेष शाखा, महिला तथा बालबालिका सेवा केन्द्र, नागरीक सहायता कक्ष, समुदाय प्रहरी साझेदारी शाखा, व्यारेक, मेश लगायतका विभिन्न शाखाहरूको भ्रमण तथा अवलोकन गराई विभिन्न शाखाहरुबाट गरिने काम कारबाही तथा आम जनतामा दिईने सेवा सुविधा तथा विभिन्न समय र परिस्थिति अनुकुलको प्रहरी पोसाकबारे जानकारी गराईएको । उक्त कार्यक्रममा धादिङ जिल्लाको भौगोलिक अवस्थिती‚ सुरक्षा निकायहरुको स्थिती लगायत जनचेतनामुलक भिडियो प्रदर्शन‚ समाजमा घट्ने विभिन्न अपराध तथा हुन सक्ने सम्भावित क्षति र सो न्यूनिकरणमा नागरिक‚ शिक्षक‚ विद्यार्थी र प्रहरीको समन्वयात्मक भुमिका सम्बन्धि समेत जानकारी गराईएको सुचना अधिकारी तथा डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।