झोला वितरण गर्दै पर्यटन व्यवसायीले धरेलले भन्नुभयो, ‘शिक्षाबाट कोहि बञ्चिन नहुन् ’
जेष्ठ १७ गते, २०७६ - १३ः२३ मा प्रकाशित
धादिङ १७ जेठ धादिङको चण्डेश्वरी आधारभुत विद्यालयमा झोला वितरण गरीएको छ । ज्यामरुङ जनकल्याण समाज धादिङको आर्थिक सहयोगमा चण्डेश्वरी आधारभुत विद्यालयमा अध्ययन गर्ने ८० जना विद्यार्थीहरुलाई झोला वितरण गरीएको हो । सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धि गर्ने उद्देश्यले झालो वितरण गरीएको ज्यामरुङ जनकल्याण समाजका महासचिव तारालाल धरेलले जानकारी दिनुभयो । धादिङमा जन्मिएर काठमाण्डौमा पर्यटन व्यावसायी गरीरहेकाहरुले स्थापना गरेको ज्यामरुङ जनकल्याण समाजले धादिङमा शिक्षा, स्वास्थ्य, बाताबरण, जनचेतनामुलक कार्य र विद्युतीकरण तथा स्थानीय जनताहरुलाई सहयोग गर्दै आईरहेको युवा पर्यटन व्यावसायी तारालाल धरेलले जानकारी दिनुभयो ।२०६९ सालमा स्थानीय पर्यटन ब्यबसायीहरु मिलेर धादिङको विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापन गरीएको संस्थाले वितगदेखी नै धादिङमा विभिन्न सामाजिक काम गर्दैै आईरहेको छ । झोला वितरण कार्यक्रममा सम्बोधन गर्दै संस्थाका महासचिव तारालाल धरेलले शिक्षा अनिवार्य र निशुल्क हुनुपर्ने भन्दै सबैलाई शिक्षाको मुलधारमा ल्याउनुपर्ने बताउनुभयो । शिक्षा विना मानिसले केहि गर्न नसक्ने भन्दै शिक्षा सबैले लिनुपर्ने विचार व्यक्त गर्नुभयो । झोला वितरण कार्यक्रममा सस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठ, उपाध्यक्ष भाइराम थापा, महासचिब तारालाल धरेल र सचिब दिनेश बिस्टको उपस्थिति रहेको थियो ।