गणतन्त्र दिवसको अवसरमा धादिङबेसी स्थित मरणघाट सरसफाई गरीएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजना,धादिङ सोसल भोलेन्टीयर धादिङको सहआयोजनामा नेपाल प्रहरी,नीलकण्ठ नगरपालिका,टोल सुधार समिति नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका स्वयमसेवकहरुको सहभागितामा मरणघाट सरसफाई गरीएको हो । नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८,वडा नम्बर १२ र ३ को सिमानभित्र रहेका प्लाष्टिक,जलेका मुढाहरु,बोरा,कम्मल र बोत्तलहरु संकलन गरी सुरक्षित स्थानमा लगेर नष्ट गरीएको हो ।