चैत्र १५ गते, २०८० - १७ः४९
Follow us:

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नीलकण्ठ माविलाई,द्धितीय एड्भान्स एकेडेमी




धादिङ, १२ जेठ .
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उपाधी नीलकण्ठ माविले जितेको छ । धादिङबेसीमा जारी प्रथम नगर स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १४ स्वर्ण पदक सहित प्रथम भएको हो । १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ८ स्वर्ण पदक एड्भान्स एकेडेमी द्धितीय भएको छ । यसैगरी ४ पदक सहित बालमन्दिर मा.वि तृतीय भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नारा सहित नीलकण्ठ नगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समितिको सहयोग तथा न्यू किवो बोर्डिङ स्कुलको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता ३ दिन सम्म सन्चालन भएको थियो । सामापन कार्यक्रममा न्यु किवो बोडिङ स्कुलका प्रिन्सिपल प्रयास रेग्मीको अध्यक्ष्यतामा तथा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्याव्सन धादिङका अध्यक्ष एवम एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: