सिद्धलेकमा सहकारी लेखा व्यवस्थापन सम्बन्धि कार्यशाला शुरु
जेष्ठ १२ गते, २०७६ - ०३ः१५ मा प्रकाशित
धादिङ ११ जेठ ।
सिद्धलेक गाउँपालिमामा सहकारी लेखा व्यावस्थापन सम्बन्धी तालिम शनिवारबाट शुरु भएको छ । सिद्धलेक गाउँपालिकामा रहेको उपहार महिला कृषि सहकारी संस्थाका पदाधिकारीहरु तथा समुहको अध्यक्ष तथा कोषाध्यक्षको लागि ३ दिने सहकारी लेखा व्यवस्थापन सम्बन्धि कार्यशाला सुरु भएको हो ।
उपहार महिला कृषि सहकारी संस्थाका अध्यक्ष गीता सिलवालको अध्यक्षता तथा दिर्घराज सापकोटाको सहजिकरणमा संचालन भएको कार्यशालामा ग्रामीण विकासमा सहकारीबाट हुने फाईदा सहकारी अवधारणा र परिचय, नेपालमा सहकारी व्यावसायको सिद्धान्त र कानुनी वातावरण,साकोसमा विनियम, नीति तथा कार्य बिधिहरुको महत्व र निर्माणको दायित्वहरुको बारेमा छलफल गरिने छ ।
यसै गरी संचालक समितिका अध्यक्ष ,कोषाध्यक्षको,काम कर्तव्य र अधिकार, व्यावसायिक सहकारीमा योजना र योजनाको महत्व तथा निर्माणको जिम्मेवारी, सहकारीमा सुशासन कायम गर्न ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण र ऋण परिचालन गर्दा ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा ऋण व्यावस्थापन र लेखा व्यावस्थापनका महत्वपूर्ण पक्षहरु, प्रभावकारी बैठक संचालनका विधिहरु तथा अभिलेखिकरण बिषयमा प्रशिक्षक दिर्घराज सापकोटा सहजिकरण गर्नु भएको थियो । सहकारीका ६० जना सहभागीता रहेको कार्यशाला शुरुवातको अवसरमा सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई,हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम व्यवस्थापक प्रेम स्याम्बयु,बरिस्ठ अनुगमन व्यवस्थापक किशोर काफ्ले , प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले समूहमा आबद्ध संस्थाहरुको संस्थागत विकास तथा दिगोपनको लागि सहकारी गठन र लेखा व्यवस्थापन मा सहयोग गरिएको बताउनु भयो । महिला सदस्यहरु बचत गरेका रकमहरुको सहि सदुपयोग गर्न र आय आर्जनका कार्यहरु गर्नको लागि गठित सहकारीहरुको लेखा व्यवस्थापन र सदस्यहरुको लागि सहकारी शिक्षा कार्यक्रम मार्फत शेयर सदस्यहरुलाई सहकारीमा लेखा व्यवस्थापनक आवश्यकता र महत्वका बारेमा सहजिकरण गरिएको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले बताउनु भयो । सहकारीमा ४३ वटा महिला समूहका १ हजार ४ सय जना आबद्धता गर्ने लक्ष्य अनुसार सबै समूहमा १ दिने पूर्व सहकारी शिक्षा कार्यक्रम संचालन गरि सहकारी शेयर सदस्यता प्रदान गरिएको सहकारीका अध्यक्ष गीता सिलवालले जानकारी दिनु भयो ।