भाद्र ८ गते, २०८३ - १५ः०३
Follow us:

बजारमा पाईने पहेँलो आँप नखान चिकित्सको सुझाव


धादिङ ११ जेठ
देशका विभिन्न ठाउँमा विषादी प्रयोग गरिएका आँप विक्रिवितरण गरिएकाले आँप नखान विशेषज्ञहरुले सुझाव दिएका छन् । मानव स्वास्थ्यको लागि हानिकारक विषादी कार्वाइड प्रयोग गरी पकाईएको आँंप तराईका स्थानिय बजारहरुमा विक्रि भैरहेकाले त्यस्ता आँप नखान विशेषज्ञहरुले आग्रह गरेका हुन् । हानिकारक रसायन हालेर पकाएको आँप खाँदा रिङ्गाटा लाग्ने, बान्ता हुने, पेटपोल्ने र झाडापखाला लगाएतका समस्या हुने भएकाले त्यस्ता आँप नखान डाक्टर सुवास चौधरीले आग्रह गर्नुभयो । विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने उहाँको भनाई छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड विषादी प्रयोग गरी पकाएका आंँप नेपालमा भित्रने गरेकाले विशेषज्ञहरुले सजग हुन समेत आग्रह गरेका छन् । त्यस्ता आँप विना परीक्षण नै तराईमा विक्रि भैरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: