नमुना स्वास्थ्य गाउँ निर्माण कार्यक्रम ज्वालामुखी ६ बाट शुभारम्भ
जेष्ठ १० गते, २०७६ - ०३ः२५ मा प्रकाशित
धादिङ ९ जेठ । नमुना स्वास्थ्य गाउ निर्माण कार्यक्रम धादिङको ज्वालामुखी गाउँपालि वडा नम्बर ६ साँधभज्याङबाट सुरु भएको छ। स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा पुर्ण रुपमा धोषित भएपछि वडालाई नमुना स्वास्थ्य गाउँ निर्माण भएको घोषणा गरिने शान्ति नेपालका शुरेस सिग्देलले जानकारी दिनुभयो । साँधभञ्ज्याङ क्षेत्रालई सरसफाई स्वच्छताको नमुनागाँउ बनाईनको लागि काम सुरु गरीएको छ ।गाँउमा ७ वटा टोल सुधार समिति गठनभएपछि टोल सुधार समितीका पदाधिकारीहरुलाई पुर्ण सरसफाईको बिषमा अभिमुखिकरण कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले औपचारिक रुपमा सरसफाई स्वच्छताको नमुना गाउ निर्माणको अभियान सुरु गर्नुभएको हो । शान्ति नेपाल र ज्वालामूखी गाउपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको कार्यक्रममा टोलसुधार समितिका सदस्य लगायत सरोकारवाला निकायका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुन अर्यालको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिका प्रमुख विनोद तिमल्सेना,प्रमुश प्रशासकिय अधिकृत बद्रिनाथ लम्साल,स्वास्थ्य संयोजक सुजन श्रेष्ठ, शान्ति नेपालका कार्यक्रम निर्देशक पिआर शर्मा,परियोजना संयोजक ईन्द्रमान शाक्य लगायतको सहभागिता रहेको थियो । वडा नम्बर ६ का ३ सय ११ घरधुरीमा सबै घरले सफागाउको सूचकका आधारभुत मापदण्ड पुरा गरिसकेपछि गाउलाई सफा गाउ घोषणा गरिने छ । वडा नम्बर ६ मा चर्पीको प्रयोग,शौचालको अवस्था लगायतको अवस्था सन्तोष जनक रहेका छन् ।