जेष्ठ १६ गते, २०८३ - १४ः५४
Follow us:

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबाट सुरु


धादिङ ८ जेठ ।

नीलकण्ठ नगरपालिकाको आयोजना र न्यु किबो बोडिङ स्कुलको व्यावस्थापनमा बिहिबारदेखी नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । नगरपालिका भित्रका ३२ वटा विद्यालयलाई पत्रचार गरीसकीएको र केहि विद्यालयहरुले नाम दर्ता गराईसकेका न्यु किबो बोडिङ स्कुलका प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो । कार्यक्रमको बिहिबार नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

बिहिबार बिहान ११ बजे उद्घाटन समारोह सन्चालन गरिने भएको छ । टिम दर्ता भोलि बिहान ९ बजे सम्म गर्न सकिने छ । सबै गाउँपालिकाबाट छनौट, भएका खेलाडीहरु बीच जेष्ठ १७ देखि १९ सम्म आठौं प्रतियोगिता थाँक्रे गाउँपालिका स्थित सेती देवि माविमा हुने छ । प्रतियोगितामा छात्र,छात्रा एथ्लेटिक्स, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो,भलिबल र कबड्डी प्रतियोगिता हुने छ ।

प्रतिकृया लेख्नुहोस्: