भाद्र ९ गते, २०८३ - ११ः५४
Follow us:

धादिङ प्रहरीले ४७ केजी गाँजा लागु औषध जलायो


धादिङ ७ जेष्ठ ।
धादिङको गजुरी सोती खोलाबाट बरामद गरिएको अवैध लागु औषध प्रहरीले जलाएर नष्ट गरेको छ । मंगलबार धादिङबेसीमा प्रशासन कार्यलय,नगरपालिका र सन्चारकर्मीको उपस्थितीमा ४७ केजी लागु औषध जलाएको हो । गत बैशाख २३ गते गजुरी गाउँपालिका वडा नं. २ सेती खोला स्थित पृथ्वी राजमार्गबाट बरामद गरेको ४७ किलोग्राम लागु औषधी जलाएर नष्ट गरेको हो ।
काठमाण्डौबाट धनगढी तर्फ जादै गरेको भारतिय नं.प्लेटको कारलाई चेकजाँच गर्दा लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता तथा सुचना अधिकारी प्रकाश बिष्टले बताउनुभयो ।पक्राउ परेका कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका ४ का ४६ बर्षीय काल्चे बोहोरालाई मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: