भाद्र २ गते, २०८३ - १३ः३७
Follow us:

भुमि प्रसाद त्रिपाठी अध्यक्ष रहने गरी १ सय ४५ सदस्यीय जिल्ला कमिटी गठन (नामावली सहित)


धादिङ ७ जेष्ठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले पुर्णता पाएको छ । नेकपाका नेता तथा प्रतिनिधि सभा सदस्य भुमि प्रसाद त्रिपाठीको अध्यक्षतामा १ सय ४५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्ला कमिटीको सचिवमा भने पुर्व माओवादीका नेता शालिकराम शालिकरा जम्कट्टेल रहनु भएको छ ।
जिल्ला कमिटी सदस्यहरुलाई नेकपाका नेता तथा प्रदेश नम्बर ३ का ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ ग्रहण गराउनु भएको छ । निर्धारित समय भन्दा निकै ढिला सुरु भएको बैठकमा जिल्लाका नेताहरुबीच गहन छलफल भएको थियो । जिल्ला कमिटी सदस्यहरुको नामावलीमा हेरफेर गर्न केहि नेताहरुले अडान लिएपनि अन्तत त्यो सफल हुन नसकेको एक नेताले बताए । जिल्ला कमिटीमा पुर्व एमालेको तर्फबाट ८० जना र पुर्व माओवादी केन्द्रबाट ६४ जना सहभागि छन् ।

प्रतिकृया लेख्नुहोस्: