अप्टिकल फाईबरको शिल्यानास गर्दै ओलीले भने–‘देशको विकास हुँदा केहिको राजनीति गर्ने सटर बन्द हुनेभयो’
जेष्ठ ७ गते, २०७६ - ०३ः१८ मा प्रकाशित
धादिङ ६ जेठ । देशको विकास भयो भनेर केहि व्यक्तिहरु आफ्नो राजनीतिकको पसल बन्द हुने डरले आत्तिएको प्रधानमन्त्री केपि शर्मा ओलीले बताउनु भएको छ । देशको विकास हुँदा केहि राजनीतिक दलहरुको साईनबोर्ड नचलेको पसलमाथि झुण्डाएको साईनबोर्ड जस्तो हुनेभएकोले अहिले सरकारको विपक्षमा भ्रम छर्ने काम भईरहको आरोप लगाउनु भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले भन्नुभयो,अहिलेको सकारले जति विकास कुनै पनि सरकारले गर्न सकेको छैन,राम्रो काम हुँदा आफुलाई फाईदा नपुग्ने देखर केहिले सटर खालि गरेसके ’ ।
गणतन्त्र र लोकतन्त्र प्राप्तिको लागि जीवननै त्याग गरेको व्यक्तिलाई गणतन्त्र र लोकतन्त्रको कुरा सिकाउदा आफुलाई अनौठो लागेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा देशको विकासमा देखिने गरी परिवर्तन आउने बताउनु भएको छ । सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उहाँले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताउनुभयो । एकवर्षमा कति फरक भयो, अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । जेठ १५ गते आउने बजेटमा धेरै राम्राकामहरु समेटीएको भन्दै अबको ३ बर्षमा जनताले महशुस गर्ने गरि विकास हुने स्पष्ट पार्नुभयो ।