एसिया कप ह्विल चियर टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज
जेष्ठ ४ गते, २०७६ - १६ः२४ मा प्रकाशित
काठमाण्डौं ४ बैशाख ।
एसिया कप ह्विल चियर टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यसअघि हिजो भएको अन्तिम लिग खेलमा भारतले बंगलादेशलाई ३० रनले पराजित गरेपछि फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । बंगलादेशलाई पराजित गरेसँगै भारत समूहको शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो । अपराजित भारतले ६ अङ्क जोडेको छ । पाकिस्तानले दोस्रो स्थान रहेर भारतसँगको भेट पक्का गरेको हो । पाकिस्तानले ४ अङ्क जोडेको छ । २ अङ्क जोडेको बंगलादेश र अङ्कविहीन नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।