आश्विन ७ गते, २०८३ - ०४ः४५
Follow us:

अब पार्टी एकताको कामले पुर्णता पाउछ ः प्रदीप ज्ञवाली


धादिङ ३ जेष्ठ ।
पार्टी एकताको कामले पुर्णता पाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनु भएको छ । पार्टी एकताको कामलाई टुंग्याउन पार्टी नेतृत्व लागि परेको भन्दै उहाँले विभिन्न आन्तरिक कारणले केहि ढिला भएको स्पष्ट पार्नुभयो । दुई ठुला कम्युनिष्ट पार्टी मिल्दा आन्तरिक व्यावस्थापनको लागि समय लागेको भन्दै उहाँले अबको केहि दिनमै पार्टी एकताको प्रक्रिया पुरा हुने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति धादिङको आयोजनामा धादिङबेसीमा सम्पन्न भएको २६ औँ मदन आश्रित स्मृती दिवस तथा पार्टी एकताको एक बर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका मन्त्री ज्ञवलीले कम्युनिष्ट आन्दोलनका जननेता नेता मदन भण्डारीको निधनले कम्युनिष्ट पार्टीले ठुलो क्षती भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष भुमि प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेकपाका नेता प्रदिप कुमार ज्ञवलीको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डे,पुर्व शिक्षा मन्त्री तथा केन्द्रिय सदस्य गंगालाल तुलाधर,नेकपाका नेता तथा प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनी,प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल,पुर्व सांसद गुरु प्रसाद बुर्लाकोटी,धन बहादुर घले लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: