आश्विन २४ गते, २०८१ - १३ः२६
Follow us:

एक लाख बेरोजगारीलाई ३० दिने रोजगारी दिने सरकारको तयारी


काठमाण्डौं ३ जेठ ।
सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा एक लाख छ हजार ८७२ जनालाई न्यूनतम ३० दिनको रोजगारी दिने गरी तयारी गरेको हो ।
श्रम मन्त्रालयका अनुसार सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा तहलाई परिपत्र गर्दै बेरोजगारको सूचीमा दर्ता भएका बेरोजगारलाई न्यूनतम ३० दिनको रोजगारी दिन पत्राचार गरेको र त्यसका लागि आवश्यक रकम स्थानीय तहमा पठाइएको छ ।

सरकारले चालू वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्ष्िभत्र एक लाखभन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागेको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया लेख्नुहोस्: