अफ्रिकी मुलुकमा बेचिएका १६ नेपाली चेलीको उद्धार गरिदै
जेष्ठ ३ गते, २०७६ - १६ः०२ मा प्रकाशित
काठमाण्डौँ ३ जेठ । बैदेशिक रोजगारको लागि अफ्रिकी देश गएका १६ नेपालीको उद्धार गरीएको छ । दलालको चंगुलमा अफ्रिकी देशमा बेचिएका १६ नेपाली चेलीको उद्धार गरी नेपाल ल्याउने प्रक्रिया सुरु गरीएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताउनुभयो । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ ।नयाँ पत्रिका दैनिकबाट