असार १५ गते धादिङको तल्लोबेसीमा ५० हजार राशिको राष्ट्रिय हिले दौड प्रतियोगिता हुदै
जेष्ठ ३ गते, २०७६ - ०१ः३९ मा प्रकाशित
धादिङ २ जेष्ठ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ स्थित तल्लोबेसीमा असार १५ गते हिलेदौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा हिले दौड प्रतियोगिता हुने भएको हो । राष्ट्रव्यापी रुपमा गर्न लागिएको खुल्ला हिले दौड प्रतियोगितामा सहभागि हनुको लागि आयोजकले सबैलाई आगग्रह गरेको छ ।पुरानो लोकखेललाई जर्गेना गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको हो । लोप हुदैं गईरहेको नेपाली लोकखेलहरुको परापूर्व कालदेखि चल्दै आईरहेको नियमहरुलाई आत्मसाथ गदै ती नियम तथा खेल विधिलाई वैज्ञानिक गर्दै लोकखेलहरुको संरक्षण र यसको महत्वका विषयमा प्रचार–प्रसार गर्नको लागि यस्ता प्रतियोगिताको आयोजना गरीएको राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार पाउने छन् । त्यसैगरी दोस्रो हुने व्यक्तिले ३० हजार र तेस्रो हुने व्यक्तिले १० हजार मेडल,प्रमाणत्र पाउने छन् । प्रतियोगितामा १८ बर्ष उमेर समुह देखि ४० वर्ष सम्मका महिला पुरुषनै सहभागि हुन पाउने छन् । हिले दौड प्रतियोगितामा सहभागि हुनको लागि प्रवेश शुल्क नेपाली नागरिकलाई रु ५ सय र विदेशी नागरिकलाई १ हजार लाग्ने छ । प्रतियोगितामा सहभागि हुनेले २०७६ साल असार ५ गते सम्म नाम दर्ताँ गर्न सक्नेछन् ।