काठमाडौं, २ जेठ । धादिङ स्थायी घर भएका मजदुर नेता सत्तारुढ नेकपा निकट एकीकृत मजदुर संगठनको उपसंयोजकको जिम्मेवारी पाएका छन् ।
यसअघि माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव रहेका सिंखडा धादिङ १ ख बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका छन् ।
आगिन्चोक घर भएका सिंखडालाई विहीबार बालुवाटारमा बसेको नेकपाको संयुक्त बैठकले एकीकृत मजदुर संगठनको उपसंयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । संगठनको संयोजकमा भने तत्कालीन नेकपा एमालेबाट बिनोद श्रेष्ठ चयन भएका छन् ।