चैत्र १६ गते, २०८० - १६ः१६
Follow us:

आईपीएलको उपाधी मुम्बई ईण्डियनलाई,चेन्नई १ रनले पराजित

काठमाण्डौँ ३० बैशाख ।

आईपीएलको उपाधी मुम्बई ईण्डियनले जितेको छ । रोमाञ्चक खेलमा चेन्नईलाई १ रजनले पराजित गर्दै उपाधि हात पारेको हो । आइतबार हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित खेलमा उसले चेन्नई सुपर किंग्सलाई १ रनले हरउान सफल भएको छ ।

खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो  । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बईले विजयको ढोका खोलेको थियो । 

त्यसअघि चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिएलगत्तै दोस्रो बलमा पनि जडेजाले १ रन लिएका थिए । तेस्रो बलमा वाटशनले २ रन बटुले लगत्तै चौथो बलमा दुई रन लिने क्रममा रन आउट भए ।

त्यसपछि खेल थप रोमान्चक मोडमा पुग्यो । पाँचौ बलमा ठाकुरले २ रन लिएपछि अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो । अन्तिम बलमा सार्दुल ठाकुर एलबीडब्लू आउट भएपछि मुम्बई १ रनले विजयी भयो ।

ओपनर वाटशनले सानदार पाली खेलेपनि उनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रन आउट भए । वाटशनले १८ औं ओभरमा क्रुनाल पान्ड्यालाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै कुल २० रन बटुलेपछि चेन्नईको जित सहज बनेको थियो ।

चेन्नईका ओपनर फाफ डु प्लेसिस र शेन वाटशनले पहिलो विकेटका लागि ४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । क्रुनाल पान्ड्याले चौथो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई क्विन्टन डी ककबाट २६ रनमा स्टम्पिङ आउट गराए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दशौं ओभरको दास्रो बलमा राहुल चाहरले सुरेश रैनालाई ८ रनमा एलवी डब्लू आउट गरे । लगतै ११ औं ओभरको तेस्रो बलमा आम्बाती रायडूलाई जसप्रित बुमराहले १ रनमा विकेटकीपर डी ककबाट क्याच आउट गराए । १३ ओभरको चौथो ओभरमा महेन्द्र सिंह धोनी २ रनमा आउट भए  ।  त्यसपछि चेन्नई संकटमा परेको थियो ।

मुम्बई इन्डियन्सको पछिल्ला ७ वर्षमा यो चौथो जित हो । यसअघि मुम्बई सन् २०१३, २०१५ र २०१७ मा पनि च्याम्पिनय बनेको थियो । यो जितबाट मुम्बई आइपिएलको सबैभन्दा सफल र उत्कृट टिम ठहरिएको छ । स्रोत रातोपाटीबाट

प्रतिकृया लेख्नुहोस्: