भाद्र २ गते, २०८३ - १३ः३९
Follow us:

आईतबार साँझ आएको हावाहुरीबाट धादिङमा एक जना घाईते, एउटा भैसी म¥र्यो


धादिङ २९ बैशाख
आईतबार साँझ आएको हावाहुरीको कारण धादिङमा एक जना घाईते भएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ बस्ने ३२ बर्षिय जाकिर हुसेन घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । हावाहुरीले जस्तापाता उडाउदा हुसेनको टाउकोमा चोड लागेको हो । उनको स्थानीय मेडिकलमा उपचार गरीएको छ । यसैगरी डोम बहादुर खाँणको गोठमा रहेको एउटा भैसी समेत मरेको छ । जस्ता थिच्नको लागि राखेको ढुङ्गाले लागेर भैसी मरेको हो । उता त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ स्थित मिन बहादुर खाँडको घरको जस्ता समेत हावाले उडाएको छ ।

प्रतिकृया लेख्नुहोस्: