जेष्ठ १६ गते, २०८३ - १७ः०१
Follow us:

धादिङमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको औपचारीक शुभारम्भ


धादिङ २७ बैशाख
धादिङको जिल्ला अस्पतालमा शुक्रबारबाट मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ । शुक्रबार प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री गर्दै शालिकराम जम्मकट्टेलले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।सामाजिक विकास मन्त्रालय अन्तरगत धादिङ सहित ३ नम्बर प्रदेशका अन्य ४ जिल्लामा पनि मुख्यमन्त्री स्वास्थ्य परिक्षण सुरु भएको छ । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जम्मकट्टेलले जनताहरुको स्वास्थ्य सेवा प्रदान गर्नको लागि यस्तो कार्यक्रम ल्याएको बताउनुभयो । गरिब र विपन्न नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरिने भन्दै सेवा निरन्तरताको लागि आफुले काम गर्ने बताउनुभयो । जिल्ला अस्पताललाई ५० शैंयाको बनाउनको लागि आफुले काम गरीरहेको भन्दै उहाँले अब चाँडैनै यसले पुर्णता पाउने बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनी,पुर्व सांसद गुरु प्रसाद बुर्लाकोटी,नेपाली काँग्रेसका सभापति रमेश धमला,नेकपाका नेता धन बहादुर बुर्लाकोटी लगायतकोआतिथ्य रहेको थियो । नसर्ने रोगको कारण बर्सेनी हजारौ नागरिकको मृत्यु भएपछि रोगको पहिचान र न्यनीकरणको लागि यस्तो प्रकारको कार्यक्रम ल्याएको हो । पहिलो चरण अन्तरग नीलकण्ठ नगरपालिकाका २ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । नीलकण्ठ नगरपालिकाका २ हजार नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम तय भएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलालले बताउनु भएको हो । ३० बर्ष भन्दा बढी उमेर भएका,विपन्न वर्गका,दलित वर्ग,शहिद तथा बेपत्ता परिवार वा घाइते,महिला स्वास्थ्य स्वयम सेविका लगायतले उक्त सेवा लिन पाउने छन ।

प्रतिकृया लेख्नुहोस्: