आश्विन ५ गते, २०८३ - ००ः३७
Follow us:

उत्थान नेपाल धादिङद्वारा निर्वाचित प्रतिनिधि र स्वास्थ्यकर्मीलाई मानसिक रोग सम्बन्धी तालिम दिदै


धादिङ २६ बैशाख ।

उत्थान नेपाल धादिङले गंगा जमुना गाउपालिकाका स्वास्थ्यकर्मी र निर्वाचित कार्यपालिका सदस्हरुलाई मनोसामाजिक समस्याको विषयमा तालिम प्रदान गरेको छ । मानसिक रोगको विषयमा रहेको गलत धारणालाई चिर्न र मानसिक रोग निराकरणको लागि तालिम सन्चालन गरीएको उत्थान नेपालका कार्यकारी निर्देशक प्रधुम्न मुडभरी(बिजय)ले जानकारी दिनुभयो । बिहिबाट गंगाजमुना गाउपालिका वडा नम्बर ५ कार्यपालिकाको कार्यालमा ३ दिने मनोसामाजिक समस्या सम्बन्धी अभिमुखीकरण तथा कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
गँगा जमुना गाउँपालिकाको आयोजना र उत्थान नेपाल धादिङको प्राविधिक सहयोगमा बिहिबारबाट सुरु भएको तालिम शनिवार सम्म सन्चालन हुने छ ।

गँगाजमुना गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत विश्व विजय अर्यालको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा उत्थान नेपालका सचिव सविता अर्याल, उत्थान नेपालका कार्यकारी निर्देशक प्रधुम्न मुडभरी(बिजय) क्लिनिकल साईकोजोजिष्ट अन्जन ढकालको आतिथ्य रहेको थियो ।तीन दिन सम्म सन्चालन हुने तालिममा गंगा जमुना गाउँपालिका भित्रका स्वास्थ्यकर्मी,गंगाजमुना गाउँकार्यपालिका सदस्य गरी २५ जनाको सहभागिता रहेको छ।तीन दिन सम्म सन्चालन हुने तालिममा मनोसामाजिक समस्या,समस्याको कारण,निराकरणको उपाय र तनाव व्यावस्थापनको विषयमा छलफल हुने छ ।जिल्लामा मानसिक स्वास्थ्यमा काम गर्ने उत्थान नेपाल पहिलो गैर सरकारी संस्था हो ।


प्रतिकृया लेख्नुहोस्: