आत्मनिर्भर समुहको सिकाई आदान प्रदान कार्यक्रम गजुरीमा सम्पन्न
बैशाख २७ गते, २०७६ - ०३ः३७ मा प्रकाशित
धादिङ २६ धादिङ । गजुरी गाउँपालिका गजुरी गाउँपालिका वडा स्तरीय आत्मनिर्भर समुहको सिकाई आदान प्रदान कार्यक्रम बिहीबार गजुरी ५ छबिसेमा सम्पन्न भएको छ । गजुरी वडा नंं ५ मा गठन भई संचालनमा रहेका १६ वटा महिला समुहका १सय १६ जना सदस्य तथा पदाधिकारीको सहभागी रहेको आमबेला वडा स्तरीय महिला संञ्जालका अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षता तथा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा र उपाध्यक्ष सीता ढुङ्गानाको बिशेष आतिथ्यतामा भएको हो । वडा भेलामा उपस्थित आत्मनिर्भर समुहका सदस्यहरुले एक अर्का समुहमा भएका राम्रो काम तथा अभ्यासहरु आदान प्रदान गर्नु साथै व्यक्तिगत र सामुदायिक क्षमता विकास,आम्दानी बृद्धि ,बचत गर्ने बानिको विकास र सहकारी आबद्ध भई आम्दानी बढाउन ऋण लिन टाढा जानू पर्ने तथा महंगो व्याज तिर्नु पर्ने बाध्यता हटेको अनुभव सुनाएका थिए । समुहमा आकद्धता पछि बालबालिकाहरुको अधिकारको बारेमा समेत सचेतना बृद्धि भई बालबालिकाको पढाइ प्रति चासो दिन सकिएको आत्मनिर्भर संजालकी शोभा नेपालीले बताउनु भयो । समुहमा बसे पछि सामुदायिक मेलमिलाप बढेको ,बाल बिवाह कम गर्न ,महिला हिंसा न्युनिकरण गर्न सकिएको ,सहकार्यको भावना अभिबृद्धि,सेवा प्रवाह गर्ने निकायहरुमा पहुँच वृद्धि भएको मानेभञ्ज्याङ आत्म निर्भर समुहकी शर्मिला श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र बिक्रम बस्नेतले समुह गठन र क्षमता विकासको कारणले सामुदायिक कनम गर्न सअज भएको र आपसि मेलमिलापमा वृद्धि भएको र आम्दानी बृ्द्घिले आत्मनिरभर भएको भन्दै सहयोगी संस्था प्रति आभार व्यक्त गर्नु भएको कार्यक्रम संयोजक बद्रीनाथ शर्माले जानकारी दिनु भयो ।गाउँपालिकन उपाध्यक्ष सीता ढुङ्गनना र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले महिलाहरुमा ज्ञान,सीप, तथा क्षमता अभिबृद्धि मार्फत शसक्तिकरण गर्दै सामाजिक पुँजी वृद्धि र दिगो र प्रभावकारी विकासमा सक्रियताको लागि महिला संजाल संस्थागत विकासका सहयोग गरिएको र महिलाहरुले समुदायको रुपान्तरणमा गर्नु भएको सकारात्मक कार्यले आफुलाई खुशी बनाएको र आगामी दिनमा पनि राम्रो कामलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । कार्यक्रम गाउँपालिकासँगको समन्वयमा युएमएनको साझेदारीमा प्रयास नेपालले संचालन गरेको बाल केन्द्रीत सामुदायिक विकास कार्यक्रम अन्तरगत सम्पन्न भएको गजुरीपिडाबाट नबराज लामिछानेले जानकारी दिनुभयो ।