रुखमा पानी हालेर धादिङमा काँग्रेसको राष्ट्रिय जागरण अभियानको उद्घाटन
बैशाख २६ गते, २०७६ - ०४ः०८ मा प्रकाशित
धादिङ २५ बैशाख । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौड्यालले बुधबार धादिङ आएर राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्नुभएको छ । गमलामा रोपीएको रुखलाई पानी हालेर पौड्यालले अभियानको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पौड्यालले धादिङ जिल्लामा काँग्रेसको लहर ल्याउने उद्घोष गर्नुभयो । विगतको एउटा निर्वाचनलाई हेरेर काँग्रेस सकियो भन्नु गलत भएको भन्दै उहाँले अर्को निर्वाचन सम्म पर्खनको लागि आग्रह गर्नुभयो । काँग्रेस भित्रकै समस्याको कारण पार्टी पराजित भएको भन्दै पौड्यालले अब काँग्रेस एक ढिक्का भयो भनेर सन्देश दिनुपर्ने बताउनु भयो । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । देशका ७७ जिल्ला र बाहिरका ३३ मुलुकमा चलाइने अभियानको पार्टी नीति, कार्यक्रम र संशोधित विधानको बहस अभियानको मुख्य एजेण्डा बनाइएको काँग्रेसले जनाएको छ । हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान नाम दिइएको अभियान तीन चरणमा वर्षभरि चल्ने छ । वर्षभरी नै सरकारले गरेका कमजोरीलाई अभियान मार्फत जनताका बिचमा लैजाने प्रमुख सचेतक खाडले बताउनुभयो । अभियानका सहभागि सांसदले भने अवरोधका बिच नीति तथा कार्यक्रम पारित हुनलाई एजेण्डा बनाउने कांग्रेस सांसद डा.डिला संग्रौलाले बताउनुभयो । नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रमको रूपमा रहेको अभियानमा महिलाकै विरोधपछि एकजना महिला वक्ता अनिवार्य गरिएको छ ।