भाद्र २ गते, २०८३ - १४ः०३
Follow us:

एड्भान्स एकेडेमीमा नेपाल युवा रेडक्रस सर्कलको पुनर्गठन,सभापतिमा सपना लम्साल


धादिङ २५ बैशाख
विश्व रेडक्रस दिवसको अवसर पारेर एड्भान्स एकेडेमीमा नेपाल युवा रेडक्रस सर्कलको पुनर्गठन गरीएको छ । बुधबार एड्भान्स एकेडेमीको प्राङ्गणमा सम्पन्न भेलाले नयाँ समिति चयन गरेको हो । एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइृठी जिल्ला शाखा धादिङका मन्त्री कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको कार्यालय प्रमुख सुसिला श्रेष्ठ, विद्यालयका एसोसिएट प्रिन्सिपल भिम बहादुर श्रेष्ठ, शिक्षक नायकः विजय तामाङ लगायतको आतिथ्य रहेको थियो ।

विश्व रेडक्रस दिवसको अवसर पारेर प्रत्येक वर्ष एड्भान्स एकेडेमीले नेपाल युवा रेडक्रस सर्कलको पुनर्गठन गर्ने गरेको छ । नयाँ कार्यसमितिका सबै पदाधिकारीहरु मतदानद्वारा निर्वाचित भएका हुन् । बुधाबार सम्पन्न मतदानबाट सपना लम्सालको सभापतित्वमा ११ सदस्यीय एड्भान्स एकेडेमीमा नेपाल युवा रेडक्रस सर्कलका पुनःगठन गरीएको हो । जसको उपसभापतिमा सौगात लम्साल,सचिवमा अनिल तामाङ,उप सचिवमा सम्राट बराईली,कोषाध्यक्षमा विज्ञान छत्कुली निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यहरुमा निरुता तामाङ, अस्मिता श्रेष्ठ, दिप्सन छत्कुली, एकता केसी, अनुसा ठकुरी, विकास लम्साल रहनु भएको छ । त्यसैगरी एड्भान्स एकेडेमीको वाल क्लब एक्काको पनि पुनर्गठन गरिएको छ ।

भुमिका बानियाँको सभापतित्वमा एक्काको नयाँ कार्यसमिति चयन भएको हो । जसको उप सभापतिमा कुशल अधिकारी,उप सभापतिमा राजीव त्रिपाठी,सचिवमा अस्मिता घले र कोषाध्यक्षमा नविना ढुवाडी रहनु भएको छ । यसैगरी सदस्यहरुमा संगम लम्साल, रोमन श्रेष्ठ, प्रजिना दुवाडी, अनिल बसौला, अमृत गुरुङ, प्रिस्किला तामाङ रहनु भएको छ । त्यसैगरी उक्त कार्यक्रममा विद्यालय अन्तर्गत रहेका रातो, पहेँलो, निलो र हरियो सदनका क्याप्टेन हरु पनि निर्वाचित भएका छन् । जस अन्तर्गत रातो सदनको क्याप्टेन भूमिका श्रेष्ठ, पहेँलो सदनको क्याप्टेन कशक घले, निलो सदनका क्याप्टेने रजनी न्यौपाने र हरियो सदनको क्याप्टेन अनुसा काप्री निर्वाचित भएका छन् ।

प्रतिकृया लेख्नुहोस्: