आश्विन २० गते, २०८१ - १२ः०७
Follow us:

गजुरीमा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न


धादिङ २४ बैशाख
गजुरी गाउँपालिकाको वडा स्तरीय आत्मनिर्भर समुहको सिकाई आदान प्रदान कार्यक्रम सोमबार गजुरी ६ जरे बगैंचामा सम्पन्न भएको छ । गजुरी वडा नंं ६मा गठन भई संचालनमा रहेका १७ वटा महिला समुहका पदाधिकारीको सहभागी रहेको वडा स्तरीय महिला संञ्जालका अध्यक्ष भगवती अधिकारीको अध्यक्षता तथा वडा सदस्य संगिता चेपाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
भेलामा उपस्थित आत्मनिर्भर समुहका सदस्यहरुले एक अर्का समुहमा भएका राम्रो काम तथा अभ्यासहरु आदान प्रदान गर्नु साथै व्यक्तिगत र सामुदायिक क्षमता विकास,आम्दानी बृद्धि ,बचत गर्ने बानिको विकास र सहकारी आबद्ध भई आम्दानी बढाउन ऋण लिन टाढा जानू पर्ने तथा महंगो व्याज तिर्नु पर्ने बाध्यता हटेको अनुभव सुनाएका थिए ।समुहमा बसे पछि सामुदायिक मेलमिलाप बढेको ,बाल बिवाह कम गर्न ,महिला हिंसा न्युनिकरण गर्न सकिएको ,सहकार्यको भावना अभिबृद्धि,सेवा प्रवाह गर्ने निकायहरुमा पहुँच वृद्धि भएको गठ्ठेडाँडा आत्म निर्भर समुहकी बिमला चेपाङले जानकारी दिनु भयो । कार्यक्रममा अतिथि संगिता चेपाङले समुहको कारणले आज आफु वडा सदस्य भई सेवा गर्न सफल भएको भन्दै सहयोगी संस्था प्रति आभार व्यक्त गर्नु भएको फिल्ड संयोजक शम्भु घिमिरेलेले जानकारी दिनु भयो । प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले महिलाहरुमा ज्ञान,सीप, तथा क्षमता अभिबृद्धि मार्फत शसक्तिकरण गर्दै सामाजिक पुँजी वृद्धि, दिगो र प्रभावकारी विकासमा सक्रियताको लागि महिला संजाल संस्थागत विकासका सहयोग गरिएको र महिलाहरुले समुदायको रुपान्तरणमा गर्नु भएको सकारात्मक कार्यले आफुलाई खुशी बनाएको बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्: