जेष्ठ ५ गते, २०८३ - २१ः३१
Follow us:

धादिङमा करेन्ट सर्ट भएर आगलागी हुँदा नगद ४ लाख जलेर नष्ट


धादिङ २३ बैशाख

धादिङको गंगाजमुना गाउपालिका वडा नम्बर ३ बर्धन स्थित गणेश गुरुङको घरमा आगलागी हुँदा २२ लाख ७८ हजार बराबरको धनमालको क्षती भएको छ । घरमा राखिँएको सोलारको करेन्ट सर्ट हुँदा घरमा आगलागी भएको हो । आगलागीबाट ५१ बर्षिय गणेश गुरुङको २ तले कच्ची घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद ४ लाख जगद जलेर नष्ट भएको छ भने साडे चार तोला सुन,अन्नपात,लत्ताकपडा र घर गोठको मुल्य गरी करिब २२ लाख ७८ हजार बराबरको धनमाल जलेर क्षती भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: