बैशाख १ गते, २०८३ - १७ः४९
Follow us:

बर्डफ्लुबाट नेपालमा एक जनाको मृत्यु,यस्तो छ बच्ने उपायहरु


काठमाण्डौ १९ बैशाख ।
नेपालमा बर्डफ्लूका कारण एकजनाको मृत्यु भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बर्ड फ्लूका कारण काभ्रेका एक २१ वर्षका युवकको मृत्यु भएको र यो नै नेपालमा बर्डफ्लू पुष्टि भएको पहिलो घटना भएको जनाएको छ ।
यस्तो छ बच्ने उपायहरु
नियमित साबुन पानीले हात राम्रोसँग धुने, आफ्नो वरिपरिको वतावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने, प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरू तथा चराहरू नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा जान पनि मन्त्रालयले आग्रह गरेको छ । बच्चाहरूलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्नुपर्ने, कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नाङ्गो हात, खुला नाक मुख गरी मासु नचलाउन पनि आग्रह गरिएको छ ।

कम्तीमा पनि हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुने सचिव चौधरीको भनाइ छ । मासु काटीसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसङ्क्रमण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । ईपीडीमीयोलोजी रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेककुमार लालले कुखुराको मासु राम्ररी पकाएर खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा) बर्डफ्लूको भाइरस मर्छ ।

जङ्गली तथा घरपालुवा पक्षी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशु स्वासथ्य कार्यालयमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । मृत पन्छी र तिनीहरूको सुलीबाट टाढा रहन र सुरक्षित रूपमा गाड्ने व्यवस्था मिलाउन पनि प्रमुख लालले आग्रह गर्नुभयो ।

प्रतिकृया लेख्नुहोस्: