विपद न्युनीकरण गर्न गजुरीका १० विद्यालयलमा पुर्वतयारी कक्षा सन्चालन गरिने
बैशाख १९ गते, २०७६ - १५ः४६ मा प्रकाशित
धादिङ १९ बैशाख बिद्यालयलाई विभिन्न प्रकार बिपदको जोखिममाबाट सुरक्षित गर्न गजुरी गाउँपालिकाका १० बिद्यालयमा पुर्व तयारी तथा सचेतनामुलक अभियान संचालन हुने भएको छ । गुजुरी गाउँपालिका शिक्षा शाखा,बिद्यालय र प्रयास नेपाल धादिङको समन्वयमा आसमान नेपालले कार्यक्रम संचालन गर्न लागिएको हो । कार्यक्रम शुरुवात सम्बन्धि १ दिने अभिमुखिकरण गरि बिद्यालयमा विभिन्न किसिमको बिपदबाट हुने क्षती न्युनीकरणको लागि गर्नु पर्ने पुर्व तयारी तथा सचेतना र अभ्यास,प्राथमिक उपचार लगायतका बिषयमा बृहत बिद्यालय सुरक्षाका पक्षहरुमा शिक्षक,बालक्लब,बिद्यालय व्यवस्थापन समिति र समुदायका व्यक्तहरुलाई पुर्व तयारी र बिपद पश्चातको साबधानि सम्बन्धि क्षमता बिकासमा सहयोग हुने कार्यक्रम संयोजक उषा बिकले जानकारी दिनु भयो । गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको अध्यक्षता ८ वटै वडा अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल ,१० वटै बिद्यालयका प्रअ र बिपद जोखिम सम्पर्क शिक्षकहरूको सहभागीतामा हालै एक दिने अभिमुखिकरण सम्पन्न गरिएको हो ।