जेष्ठ ५ गते, २०८३ - २१ः२८
Follow us:

ईट्टा उद्योगमा काम गर्ने मजदुरले मनाए श्रमीक दिवस


धादिङ १८ बैशाख ।
अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर प्रयास नेपालले जिल्लाको विभिन्न स्थानमा जनचेतनामुलक ¥याली सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । १ सय ३० औँ अन्तराष्ट्रिय श्रमीक दिवसको अवसरमा ईट्टा उद्योगमा काम गर्ने क्षेत्र वरपर विभिन्न जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकका अनुसार धादिङको धुनिबेशी नगरपालिका ३ मा रहेको महालक्ष्मी ईँटा उद्योग, थाक्रे ७ मा रहेको एभरेष्ट ईँटा उद्योग र गजुरी ५ मा रहेको राजधानी ईँटा उद्योग आसपासमा ¥यालीको आयोजना गरिएको छ ।

संस्थाले ईच्छा बिरुद्ध काम ,बधुवा मजदुर राख्न नपाईने,८ घण्टा काम,सामाजिक सुरक्षा लगायत श्रमिकको र श्रमको सम्मान ,कामदार मैत्री उद्योगी,उद्योगी मैत्री काम कार्यसम्पादन ,कामदारको सुरक्षा तथा नियमित स्वास्थ्य परिक्षण जस्ता बिषयमा उद्योगी र कामदारहरु बिच सुमधुर सम्बन्ध विकासमा सहजिकरण र बालबालिकालाई ईट्टा उद्योगमा कामको सट्टामा बिद्यालय शिक्षाको बिषयमा पैरवी र सहयोगमा गर्दै आएको छ ।
१४ वर्ष भन्दा कम उमेरका बालबालिकालाई विद्यालय पठाऔँ, चर्पिमा मात्र दिसा पिसाव गरौँ, साबुन पानीले हात धोऔँ ,श्रमिक र श्रमको सम्मान गरौँ लगायतका पम्लेट बोकेर ¥याली निकालिएको थियो । ग्लोबल फेयरनेसको सहयोगमा बेटर ब्रिक परियोजना अन्तर्गत ¥यालीको आयोजना गरिएको परियोजनाका संयोजक प्रदिप श्रेष्ठले बताउनुभयो ।बुधबार तिनवटै उद्योग आसपासमा भएको ¥यालीमा ४ सय ५० जना भन्दा बढिको सहभागीता रहेको प्रयास नेपाल धादिङका सामाजिक परिचालक कवि थापामगरले जानकारी दिनु भयो ।

प्रतिकृया लेख्नुहोस्: