धादिङ २५ चैत्र । गर्मी महिना लागेसँगै बनजंगलमा डडेलो लाग्ने भन्दै प्रहरीले जनचेतना कार्यक्रम सन्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार धादिङको बेनिघाट गाउँपालिका वडा नम्बर १० मौवाखोलामा स्थानीय नागरिहरुलाई आगालागीबाट बच्ने तरिका र नियन्त्रणको उपायको बारेमा जानकारी गराएको हो ।सामाजसेवी उत्तम घलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छलफलमा स्थानीयबासीहरु,बुद्धिजिबी,नागरिक समाजका व्यक्तिहरुको सहभागिता रहेको थियो ।प्रहरीले आगलागीबाट बच्ने तरिका,नियन्त्रणको उपाय र जोखीम न्युनीकरणको उपायको बारेमा जानकारी गराएको हो ।