आश्विन २० गते, २०८१ - १२ः१०
Follow us:

कानुन विषय पढ्ने विद्यार्थीको स्थानीय तहमा राम्रो अवसर छः डा.युवराज संग्रौला


धादिङबेसी २२ चैत्र ।
कानुन विषय पढ्ने विद्यार्थीहरुको स्थानीय तहमा राम्रो अवसर रहेको प्राध्यापक तथा पुर्वमहान्याधिवक्ता डा. युवराज संग्रौलाले बताउनु भएको छ ।२४ घण्टा नपढ्ने व्यक्तिले वकालत गर्न नसक्ने भन्दै उहाँले राम्रो वकालत गर्नको लागी कानुन विषय मेहनतको साथ पढ्नुपर्ने बताउनु भएको छ ।

१० थरीका मानिसको तनाव मोल्न सक्ने क्षमता भएकाले मात्र काननु विषय पढ्न सक्ने भन्दै उहाँले चुनौतीको सामान गर्न सक्नेले मात्र वकालत गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।डा.संग्रौलाले भन्नुभयो, “कानुन विषय पढेर राम्रो वक्ता बन्ने भए प्रेम गर्न छाड्नुपर्छ, प्रेम वकिल बनेपछि गरौँला” अहिले देखीनै परिवारका बाआमा सँग छलफलमा बस्ने र कामको अगुवाई गर्ने बानिको विकास गर्नुपर्ने विचार व्यक्त गर्नुपर्ने । विद्यालय तहमा कानुनको महत्व र स्थानीय तहमा यसको अवसर विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले धादिङबेसीमा पहिलो पटक कानुन विषय पढाउदै आएको छ ।

कानुनको विषयमा विद्यार्थी र अभिभावकलाई बुझाउनको लागी कार्यक्रमको आयोजना गरीएको एसोसिएट प्रिन्सिपल भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।सन्चालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपाका नेता तथा पुर्व शिक्षा मन्त्री डा.गँगालाल तुलाधरको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा वक्ताको रुपमा प्राध्यापक डा.युवराज संग्रौला र सह प्रध्यापक अनिल श्रेष्ठ धादिङ आउनु भएको थियो । कार्यक्रममा जिल्ला न्याधिवक्ता बालकृष्ण वाग्ले, सहायक जिल्ला न्याधिवक्ता गोविन्द हुमागाई,नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी,छिमेकी गाउँपालिकाका उप प्रमुख,वडा अध्यक्षहरु,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । २०६२ पुस २२ गते स्थापना भएको एड्भान्स एकेडेमीले २०६२ सालकै बैशाख १७ गतेबाट कक्षा सन्चालन गरेको थियो । २०६४ सालमा ८ कक्षा सम्मको अनुमति पाएको विद्यालयले २०६६ सालमा आफ्ना विद्यार्थीहरुलाई एसएलसीमा सहभागी गराएको थियो ।

अहिले एड्भान्स एकेडेमीमा ४३ जना विद्यार्थीहरु कानुन विषय अध्ययन गरीरहेका छन् । जिल्लामा पहिलो पटक कानुन विषय पढाउन सफल भएको एड्भान्स एकेडेमीले कक्षा ७ सम्म अनिवार्य तेकान्दो खेलाउदै आएको छ । एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीले सन्चालन गर्नुभएको अन्तरक्रिया कार्यक्रमको पानसमा बत्ति बालेर उद्घाटन गरीएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने अतिथीहरुले कानुन विषय पढ्ने विद्यार्थीको माग भएको भन्दै दुख गरेर पढ्नको लागी आग्रह गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्: