बारा पर्साका हुरी प्रभावितलाई नयाँ शक्तिले दियो नगद पाँच लाख
चैत्र २२ गते, २०७५ - ०४ः२४ मा प्रकाशित
काठमाण्डौँ २१ चैत्र । नयाँ शक्ति पार्टीले बारा र पर्साका हावा–हुरीपीडितको सहयोगका लागि ५ लाख रुपैयाँ प्रदान गरेको छ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उक्त सहयोग रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा हस्तान्तरण गर्नुभएको छ ।
कोषका तर्फबाट प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सो रकमको चेक बुझेका छन् । नयाँशक्ति संयोजक डा. भट्टराईले यसअघि हावाहुरी पीडितको सहयोगका लागि व्यक्तिगत रुपमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।