जेष्ठ ५ गते, २०८३ - २२ः२६
Follow us:

देशभर मौसममा बदली, हावाहुरी सहित शनिवार सम्म पानी पर्ने सम्भावना


धादिङ २१ चैत्र ।
मौसममा बिहीबारदेख बदली भएको छ । दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको दुईतीन दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।पूर्वमा बनेको न्यूनचापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले अब दुई तीन दिन देशभरका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको छ । बिहीबार राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: