कार्यक्रम स्थान परिवर्तन भए बारे एड्भान्स एकेडेमीको जरुरी सुचना ।
चैत्र २१ गते, २०७५ - १४ः०६ मा प्रकाशित
धादिङ २१ चैत्र ।
एड्भान्स एकेडेमीले चैत्र २२ गते गर्न लागेको अन्तरक्रिया कार्यक्रमको स्थान परिवर्तन गरेको छ । क्रिक रिर्सोटमा गर्ने भनिएको कार्यक्रममा स्थान परिवर्तन भएर जीविका होटलमा हलमा गर्न लागिएको एसोसिएट प्रिन्सिपल भिमबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
उपयुक्र्त सम्बन्धमा यस विद्यालयले शैक्षिक बर्ष २०७५ देखि माध्यमिक तह कक्षा ११ मा कानुन विषय शुरुवात गरिएको र ११ मा अध्ययनरत नानीबाबुहरुको अभिभावक तथा गा.पा.÷न.पा. उममेयर÷उप प्रमुखहरु सहित वार एसोसिएसन,पत्रकार महासंघ तथा अभिभावकहरु सहिततको सहभागितामा “विद्यालय तहमा कानुनको महत्व र स्थानीय तहमा यसको अवसर” विषयक अन्तरक्रिया कार्यक्रममा अतिथिको आतिथ्यता ग्रहण गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । तपशील मितिः२०७५÷१२÷२२ समयः विहान १०ः३० स्थानःजीविका होटल एसोसिएट प्रिन्सिपल भिमबहादुर श्रेष्ठ