जेष्ठ १२ गते, २०८३ - ०५ः०२
Follow us:

धादिङमा भएको सवारी दुर्घटनामा परि चितवनका पौड्यलको मृत्यु


धादिङ २० चैत्र ।
धादिङको धुनीबेसी गाउँपालिकमा स्थित बाहुनडाँडामा ट्रकले मोटर साईकललाई ठक्कर दिदा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ । पृथ्वी लोकमार्ग अन्तरगत काठमाण्डौबाट चितवन तर्फ जादै गरेको ना ६ ११७९ नम्बरको ट्रकले सोहि दिशा तर्फ जादै गरेको प ४९३९ नम्बरको मोटसाईकललाई ठक्कर दिदा चितवन टाडीका चालक विवश पौड्यालको मृत्यु भएको हो । गम्भिर घाईते भएका पौड्यालको उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि मोटरसाईकलको पछाडी बस्ने बर्ष २४ का समिर श्रेष्ठ घाईते भएका छन्। उनको काठमाण्डौको अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालक मकवानपुर मनहरीका रमेश बललाई प्रहरीले नियन्त्रणमा राखेको डिएसी तथा सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभएको छ ।

प्रतिकृया लेख्नुहोस्: