एड्भान्स एकेडेमीका ६९ जना विद्यार्थी भए दिक्षित(फोटो फिचर)
चैत्र २१ गते, २०७५ - ०२ः५१ मा प्रकाशित
धादिङबेसी २० चैत्र । धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले बुधाबार एक कार्यक्रमका बिच ६९ जना विद्यार्थीहरुलाई दिक्षित गरेको छ । युकेजीबाट कक्षा एकमा पास भएर गएका ६९ जना विद्यार्थीहरुलाई दिक्षित गरीएको एसोसियट प्रिन्सिपल भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको दिक्षान्त समारोहमा सन्चालक समितिका अध्यक्ष अजुर्न बहादुर श्रेष्ठ(गोर्खाली) निर्देशक विष्णु प्रसाद कोईराला,एसोसियट प्रिन्सिपल भिम बहादुर श्रेष्ठको आतिथ्य रहेको थियो ।
विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दिक्षित गरेको छ । जिल्लामा पहिलो पटक एड्भान्स एकेडेमीले युकेजीबाट कक्षा १ मा जाने विद्यार्थीहरुलाई हौसाला सहित दिक्षित गर्दै आईरहेको छ ।अन्तराष्ट्रिय जगतमा हुने यस्तो प्रचनलन एड्भान्स एकेडेमीले गत बर्षदेखी सन्चालन गर्दै आईरहेको छ ।
विशेष त मास्टर डिग्री पास गर्नेहरुलाई दिईने पराम्परा रहेपनि पछिल्लो समय प्रि प्राईमरीबाट प्राईमरीमा उत्तिर्ण हुदा पनि दिने गरीएको छ । कार्यक्रममा नर्सरीदेखी युकेजी सम्म अध्ययन गर्ने विद्यार्थी भाईबहिनीहरुले विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।