काठमाडौं– दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ। राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४=१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ।