भाद्र ८ गते, २०८३ - ०८ः१३
Follow us:

हावाहुरी प्रभावित क्षेत्रमा सहयोग गर्न अभियन्ताहरुलाई नयाँ शक्ति पार्टी नेपालको आह्वान


काठमाण्डौ ।आईतबार साँझ गएको भीषण हावाहुरीले बार र पर्सामा भएको धनजनको क्षतिको नयाँ शक्ति पार्टी नेपालले शोक बक्तव्य जारी गरेको छ । साथै पार्टीका अभियन्ताहरुलाई सहयोग गर्नको लागी पनि आह्वान गरेको छ । सोमबार प्रेस बक्तव्य जारी गर्दै नयाँ शक्ति पार्टी नेपालले उद्धारमा खट्नको लागि आग्रह गरेको छ ।
२७ जनाको मृत्यु र ५०० बढी घाईते हुने गरी भएको घट्ना गम्भीर राष्ट्रिय विपत्ती हो । विपत्ती र शोकको यस घडीमा हाम्रो पार्टी यसको सामना गर्न सबैको साथसाथ रहेको छ । साथै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा आफन्तजनहरुमा समवेदना प्रकट गर्दछ । घाईतेहरुको उद्धार र उपचारमा तदारुकतापूर्वक सहयोग पुर्याउन सम्वद्ध सबै निकायलाई अनुरोध र आह्वान गर्दछ ।

सोमबार बक्तव्य प्रकाशित गर्दे यस कार्यमा अग्रसर रहन नयाँ शक्ति पार्टी, नेपालका सम्पूर्ण अभियन्ता तथा कमिटीहरुलाई निर्देशन समेत गरिन्छ । मृतकका परिवारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाईतेहरुको निशुल्क उपचार गर्न संघीय तथा प्रादेशिक सरकारसँग माग गर्दछ भनेर बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्: