एड्भान्स एकेडेमीले मनायो १४ औँ बार्षिक उत्सव(फोटो फिचर)
बैशाख १८ गते, २०७६ - ०३ः५७ मा प्रकाशित
धादिङ १७ बैशाख । “शिक्षा व्यवहार परिवर्तनको लागि” भन्ने नाराको साथ स्थापना गरिएको एड्भान्स एकेडेमीको १४ औँ बार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको बार्षिक उत्सवमा विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरीएको छ ।
वि.स. २०६३ सालमा स्थापना भएको विद्यालय तात्कालिन समयमा घरायसी वातावरणमा मन्टेश्वरी पद्धतिबाट अध्यापन गराउने पहिलो विद्यालयको रुपमा परिचित भएको थियो ।जिल्लाका शिक्षा क्षेत्रका अग्रजहरु डा. नवीनबन्धु पहाडी, ध्रुव अधिकारी, मोहन बहादुर कँडेल, रमेश अधिकारी, विष्णु प्रसाद कोइराला, सहित सामाजिक अभियान्ता अर्जुन कुमार श्रेष्ठ गार्खालीको संस्थापन संयोजकत्वमा विद्यालय सञ्चालन गरिएको थियो ।
हाल प्याब्सन धादिङका अध्यक्ष एवम समाजसेवी गोविन्द बुढाथोकी प्रिन्सिपल रहनुभएको छ । जिल्लाको अन्य विद्यालय भन्दा अब्बल रहेको विद्यालयमा विद्यार्थीहरुको मनोभावना बुझेर पढन पाढन गरिदै आएको छ । खेलकुदको क्षेत्रमा भने जिल्लाको पहिलो विद्यालय बन्न सफल भएको छ ।
.वि.स. २०६४ सालमा नर्सरी देखी कक्षा ५ सम्म सन्चालन गरिएको थियो । जसमा १ सय ८६ जना विद्यार्थीहरु अध्ययन गर्ने गरेका थिए । अहिले सम्म आईपुग्दा विद्यालयमा ८ सय भन्दा बढी विद्यार्थीहरु रहेका प्रिन्सिपल गोविन्द बुढाथोकीले बताउनु भयो । एड्भान्स एकेडेमीले जिल्लामै पहिलो पटक प्लस टुमा कानुनी विषय समाबेस गराएर पढाउदै आएको छ ।