धादिङ, ११ वैशाख । बुधबार बिहान राजधानीसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान साढे ६ बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । बिहान ६ः२९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
६ बजेर ४० मिनेटमा ती भूकम्पका अर्को धक्का महशुस गरिएको छ । १२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि धेरै मान्छे घरबाहिर निस्किएका थिए ।
विहीबार २०७२ साल वैशाख १२ गते गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुँदैछ ।