फाल्गुन ३ गते, २०८२ - ०३ः५३
Follow us:

गुणराज खतिवडाको संयोजकत्वमा संकटासन्नता केन्द्र विन्दु सञ्जाल गठन


धादिङ ९ बैशाख ।
धादिङ जिल्लामा प्राकृतिक प्रकोपका कारण सबैभन्दा बढी समस्यामा पर्ने व्यक्तिहरुको लागि सहयोग गर्न संकटासन्नता केन्द्र विन्दु सञ्जाल गठन गरिएको छ । विशेष गरी विपत्तीको समयमा महिला,बालबालिका र अपाङ्गता भएकाहरु बढी प्रभावित हुने भन्दा जोखीम न्युनीकरणको लागि उक्त सञ्जालले काम गर्ने छ ।
सोमबार धादिङबेसीमा अपाङ्ग कल्याण संघ धादिङको अध्यक्ष गुणराज खतिवडाको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरीएको छ । सञ्जालको उप संयोजकमा फोकस नेपालका जीवन सिलवार र सदस्य सचिवमा रेडक्रसबाट शुसिला श्रेष्ठ चयन हुनुभएको छ । जिल्ला स्थित विभिन्न गैर सरकारी संघ सस्थाका प्रतिनिधि सदस्य रहेका छन् भने सरकारी कार्यलयहरुका प्रमुखहरु सल्लाहकार रहने प्रावधान रहेको छ ।
ह्युमनिटी एण्ड ईन्कुलेशनको साझेदारीमा नीलकण्ठ नगरपालिकामा सन्चालित “स्वस्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहँुचको लागी सहजीकरण”परियोजना अन्तरगत संकटासन्नता केन्द्रविन्दु गठन गरीएको हो।दुई दिन सम्म सन्चालन भएको तालिममा एचआईका साजन न्यौपाने,जिल्ला अस्पताल धादिङका फिजोओथेरापिष्ट सुजन घले र नीलकण्ठ नगरपालिकाका महिला विकास अधिकृत भद्रा अर्यालले विषय बस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिकृया लेख्नुहोस्: