राष्ट्रिय जागरण अभियानको नेतृत्व सम्हाल्न धादिङमा प्रदिप पौड्याल आउने
बैशाख ७ गते, २०७६ - ०२ः४७ मा प्रकाशित
धादिङ ६ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेको एक महिने राष्ट्रिय जागरण अभियान अन्तरगत धादिङ जिल्लाको लागि प्रदिप पौड्याल आउनुहुने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’मा ७७ वटै जिल्लाको लागि केन्द्रिय सदस्यलाई खटाएको छ । जस अन्तरगत धादिङमा प्रदिप पौड्याललाई जिम्मा दिईएको छ । अभियान यहि बैशाख ११ गतेबाट सुरु हुने भएको छ । प्रदेश नम्बर ३ मा यी नेताहरुले जिम्मेवारी लिने भएका छन् । प्रदेश ३ का १३ जिल्लामा
दोलखा– रामकृष्ण यादव
रामेछाप – किरण यादव
सन्धुली– डा. रामशरण महत
काभ्रेपलाञ्चोक – डा. शेखर कोइराला
रसुवा– जीवन परियार
सिन्धुपाल्चोक– अम्बिका बस्नेत
नुवाकोट – मीन विश्वकर्मा
धादिङ –प्रदिप पौडेल
चितवन – रमेश लेखक
मकवानपुर – अर्जननरसिंह केसी
भक्तपुर– डा. मिनेन्द्र रिजाल
ललितपुर – सुरेन्द्रराज पाण्डे
काठमाडौं – बालकृष्ण खाँण