आश्विन २४ गते, २०८१ - १३ः३१
Follow us:

लैङगिक हिंसा नियन्त्रण गर्न प्रहरीको घरदैलो अभियान


धादिङ ६ बैशाख ।
लैङगिक हिंसा नियन्त्रण गर्नको लागि धादिङ प्रहरीले धादिङबेसीमा घरदैलो कार्यक्रम सन्चालन गरेको छ । हिंसा सम्बन्धी जानकारी गराउने र भएकाहरुलाई कानुनी उपचारको विषयमा जानकारी गराउने उद्देश्यले घरदैलो अभियान सन्चालन गरीएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङ र लैङगिक हिंसा नियन्त्रण जिल्ला संजाल समिति धादिङद्धारा निलकण्ठ नगरपालिका वडा नं.३ बिचबजारमा घरदैलो अभियान सन्चालन गरीएको हो ।
धादिङका प्रहरी प्रमुख राजकुमार वैदवारको अध्यक्षतामा सन्चालन भएको घरदैलो कार्यक्रममा लैङगिक हिंसा नियन्त्रण जिल्ला संजाल समिति धादिङका पदाधिकारीहरु‚ विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधी‚ महिला संजाल‚ महिला अधिकारकर्मी‚संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: