भाद्र ९ गते, २०८३ - १८ः०५
Follow us:

विप्लव नेतृत्वको नेकपाको बन्दको कारण धादिङको जनजीवन प्रभावित,देशका विभिन्न स्थानमा बम विस्फोट


धादिङ ५ बैशाख ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको कारण धादिङको जनजिवन प्रभावित बनेको छ । बिहानैदेखी धादिङबेसीबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधनहरु बन्द रहेका छन् । धादिङबेसीका बजार,पसल तथा उद्योग कलकारखानाका साथै शैक्षिक संस्थाहरु समेत बन्द रहेका छन् । कालुपाण्डे राजमार्ग र पृथ्वीराजमार्गमा समेत बन्दको प्रभाव परेको प्रहरीले जानकारी दिएको छ । बन्दको समयमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै बाक्लो रुपमा प्रहरी परिचालन गरीएको छ ।
यसैगरी देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।यस्तै, बुटवल–भैरहवा सडक खण्डको कोटिहवाबाटबाट बाउन्नकोटी जाने सडकमा बिहीबार बिहानै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ ।बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।

प्रतिकृया लेख्नुहोस्: