समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् ।
उडान
र अवतरणका बेला अचानक समस्या देखिए कुनै वैकल्पिक व्यवस्था गर्न नसकिने
भएका कारण लुक्ला विमानस्थल विश्वकै बढी जोखिम भएको विमानस्थलको रुपमा
चिनिएको छ ।
एक छेउमा सात सय मिटर अग्लो भीर भएकाले पनि तेन्जिङ हिलारी विमानस्थल संसारकै डरलाग्दा १० विमानस्थलमध्ये एक मानिन्छ । नागरिक दैनीकबाट