धादिङ ४ बैशाख । धादिङ प्रहरीले अबैध हातहतियार र खरखजना बुझाउनको लागि आग्रह गरेको छ । नेपाल सरकारले निर्णय अनुसार देशभर चैत्र १ गतेबाट ३५ दिने सुचना प्रकाशित गरेर आफु सँग भएको अबैध हतियार बुझाउनको लागि आग्रह गरेको छ । यसअघि प्रहरीले धादिङको उत्तरी क्षेत्रबाट संकलित हतियार सार्वजनिक गरीसकेको छ । त्यसैगरी बुधबार धादिङ प्रहरीले ज्वालामुखी गाउँपालिका वडा नम्बर २ बतासे,गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुम र रुविभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङमा स्थानीयबासीसँग जनचेतनामुलक कार्यक्रम सन्चालन गरीएको धादिङ प्रहरीले जानकारी दिएको छ ।