भाद्र २९ गते, २०८३ - १२ः०७
Follow us:

मजदुरी बालबालिकालाई शैक्षिक सामाग्री दिएर भर्ना अभियान सुरु गरियो


धादिङ २ बैशाख ।
बिद्यालय भर्ना तथा स्वागत कार्यक्रम सोमबार थाक्रे गाउँपालिका वडा नं ८ बाट शुरुवात गरिएको छ । यति टायल एण्ड ब्रिक उद्योगका प्रमुख उद्योगी सुयोग श्रेष्ठको अध्यक्षतामा तथा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आतिथ्यमा उद्योगमा कार्ररत मजदुरका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण गरी शुरुवात गरीएको हो। महांकालेश्वरी माबि जनकल्याण आवि र भुवनेश्वरी माविमा अध्ययनरत ६८ जना बालबालिकालाई बिद्यालय भर्ना गरि भर्ना अभियान शुरु गरिएको हो । कापि ,कलम ,बिद्यालय पोशाक गरि प्रति बालबालिका १ हजार ५ सय बराबरको सहयोग गरिएको कार्यक्रम संयोजक प्रदिप श्रेष्ठले जानकारी दिनु भएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष आचार्यले बालमैत्री वातावरण शिक्षण गर्न शिक्षकहरु र नियमित बिद्यालय पठाई बालबालिकालाई बिद्यालयमा टिकाउ गर्न अभिभावक सहित सबै सरोकारवालाले सहयोग र सहकार्य गर्नु पर्ने बताउनु भयो ।कार्यक्रम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षा पाउनु बालबालिका नैसर्गिक अधिकार भएकोले बालबालिकालाई पढ्नबाट रोक्न नहुने बताउनुभयो ।यसमा सबै सरोकारवालाको भुमिका हुने हुनाले ग्लोबल फेयरनेश ईनिसेटिभ सँगको सहकार्यमा ईट्टा उद्योगमा काम गर्ने मजदुरको बालबालिकालाई शैक्षिक बिकासमा सहयोग गरिएको बताउनु भयो ।

कार्यक्रममा ग्लोबल फेयरनेश ईनिसेटिभका समिता भण्डारी ,थाक्रे गाउँपालिका शिक्षा ईकाईका अधिकृत दुर्गाप्रसाद सिलवाल ,वडा नं ८ का अध्यक्ष ,गुडउईबका अनुसन्धान प्रमुख डां नारायण घिमिरेले शिक्षाको महत्त्व र बालबालिकालाई सहयोगका बिषयमा भनाइ राख्नुभएका थियो ।

प्रतिकृया लेख्नुहोस्: