चैत्र १२ गते, २०८१ - १८ः१७
Follow us:

घुस्याहा अधिकृतलाई विभूषण दिने तयारी

काठमाण्डौं २७ चैत्र । ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ । तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनी गृह मन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा पनि छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दासमेत दायर गरिसकेको छ । लेनदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौँ अधिकृतमध्ये उत्कृष्ट भन्दै गृह मन्त्रालयले उनलाई छनोट गरेको थियो । 

त्यस्तै, विभूषण पाउने सूचीमा रहेका अर्का विवादास्पद व्यक्ति हुन् रुपन्देहीका शिक्षक घनश्याम पाठक । चलखेलकै आधारमा उनको नाममा निर्णय भएको खुलेपछि अहिले उनीमाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ । 

निष्पक्ष मूल्यांकन नभई चलखेल र सोर्सफोर्सका आधारमा विभूषण वितरणको निर्णय हुनाले यसमा विवाद हुन थालेको छ । गत भदौमा बलात्कार मुद्दा मिलापत्र गराउँदा निलम्बनमा परेका एसपी विद्यानन्द माझीलाई विभूषण दिइएको थियो । राष्ट्रलाई महत्वपूर्ण योगदान दिएका व्यक्तिलाई राज्यका तर्फबाट सम्मानस्वरूप विभूषण, पदक र अलंकार दिने गरिएको छ । साभारःनयाँ पत्रिका दैनीक

प्रतिकृया लेख्नुहोस्: