नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनःकाँग्रेस निकट व्यावसायीहरुको प्यानलनै बिजयी
चैत्र २६ गते, २०७५ - १५ः०८ मा प्रकाशित
नुवाकोट २६ चैत्र । नुवाकोट उद्योग वाणिज्य संघको दशाँै अधिवेशनमा नेपाली काग्रेस निकटका व्यावसायीहरुको प्यानलनै बिजयी भएको छ । प्रगतिशित व्यावसायी र प्रजातान्त्रिक व्यावसायीहरु प्यानलनै बनाएर निर्वाचमा होमिएका थिए । गएको निर्वाचनमा नराम्रो सँग पराजित भएको नेपाली काँग्रेस उद्योग वाणिज्य संघमा निर्वाचनमा बिजयी भएपछि खुसि भएको छ ।उद्योग वाणिज्य संघ नुवाकोटमा कम्युनिष्टहरूलाई पराजीत पारेपछि कांग्रेसहरु अहिले खुसि देखीएका छन् ।
निर्वाचनमा एक जना पनि कम्युनिष्टहरुको तर्फबाट नुवाकोट उद्योग वाणिज्य संघमा आएका छैनन् । पार्टीको तर्फबाट एउटा विज्ञप्ति जारी गर्दै सभापति केसीले भनेका छन‘निर्वाचन परिणामले देशलाई कम्युनिस्ट अधिनायकवादतर्फ धकेल्ने कम्युनिस्ट मृगतृष्णाले हावा खाइसकेको र बाहिर सुन्दर र भव्य देखिएको ‘वामदरबार’ को जग मक्किएर जीर्ण र जर्जर भइसकेको तथा जुनसुकै बेला सानो धक्कामै ध्वस्त हुने कुरालाई शिद्ध गरेको छ । सोमबार साँझ सार्वजनिक अन्तिम मत परिणाममा लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष ताराबहादुर कार्कीसहित प्यानलका सबै सदस्य विजयी भएका छन्। कार्कीले प्रगतिशील व्यवसायिकका अध्यक्ष रमेश श्रेष्ठलाई २ सय २३ मत अन्तरले पराजित गरेका छन । कार्कीले कुल ८ सय १७ मत प्राप्त गरेका छन भने रमेश श्रेष्ठले ५ सय ९४ मत प्राप्त गरेका छन । फोटो र स्रोत ः दैनीक डटकम